सुर्खेत - सुर्खेत र डोल्पामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
वीरेन्द्रनगर-१५ राउटे गल्छीमा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा चिङ्गाड गाउँपालिका ६ बस्ने ५५ वर्षीय देवबहादुर खड्का, वीरेन्द्रनगर नगरपालिका-१५ का ४५ वर्षीय खड्गबहादुर बुढाथोकी र उनकी श्रीमती अन्दाजी ४० वर्षीया गोमा बुढाथोकी रहेका छन्।
सुर्खेतका डिएसपी रवि रावलका अनुसार सोही दुर्घटनामा अन्य चार जना घाइते भएका छन्। घाइतेहरुको विवरण खुलेको छैन। उनीहरुलाई उपचारको लागि प्रदेश अस्पताल सुर्खेत ल्याउने तयारी भइरहेको छ। दैलेखको धरमपोखराबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२-००१ ज ०००७ नं को जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
यस्तै डोल्पामा भएको जिप दुर्घटनामा पनि एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ठूलोभेरी नगरपालिका-५ का गाडी चालक पञ्जेबहादुर बुढा रहेका छन्। डोल्पाका डीएसपी नारायण रञ्जितकारले दिएको जानकारी अनुसार भित्रपुरासुन्दरी नगरपालिकाको सुपानीबाट दुनैतर्फ गइरहेको भे १ च २४६४ नम्बरको जिप भित्ति भन्ने ठाउँमा दुर्घटना भएको हो।