बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई बैंकद्वारा टीकापुरमा बैंकिङ साक्षरता कार्यक्रम

ग्लोबल आइएमई बैंकद्वारा टीकापुरमा बैंकिङ साक्षरता कार्यक्रम

 |  बुधबार, फागुन २१, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०७६

ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला, टिकापुरस्थित विरेन्द्र विद्यामन्दिर क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थी र कार्यरत शिक्षक कर्मचारीहरुलाई लक्षित गरी संचालन गरिएको कार्यक्रममा करिब १०० जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा निक्षेप, कर्जा लगानी र यसको सदुप्रयोग, आधुनिक बैंकिङ्ग, डिजिटल बैंकिङ्ग तथा मोवाईल बैंकिङ्ग र रेमिट्यान्स कारोवार सम्बन्धी जानकारी उपलब्ध गरिएको थियो । उक्त कार्यक्रममा बिरेन्द्र विद्यामन्दिर क्याम्पसका क्याम्पस प्रमुख हर्क भण्डारी र बैंकको टिकापुर शाखाका शाखा प्रमुख प्रकाशदत्त भट्टको उपस्थिति रहेको थियो ।

प्रकाशित: Mar 04, 2020| 06:53 बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्