बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अभेन्सी लाइसेन्सिङ प्ल्याटफर्ममार्फत् ओपोले आईओटी इन्डष्ट्रिलाई सेल्यूलर लाइसेन्स प्याटेन्ट प्रदान गर्ने

अभेन्सी लाइसेन्सिङ प्ल्याटफर्ममार्फत् ओपोले आईओटी इन्डष्ट्रिलाई सेल्यूलर लाइसेन्स प्याटेन्ट प्रदान गर्ने

 |  बुधबार, फागुन २१, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०७६

चीन– अग्रणी स्मार्ट उपकरण ब्राण्ड ओपोले अग्रणी प्याटेन्ट लाईसेन्सिङ प्ल्याटफर्म अभेन्सी मार्फत आप्mनो ग्लोबल थ्रीजी र फोरजी मानक आवश्यक प्याटेन्ट लाईसेन्स आईओटी र अटोमोटिब बजारलाई प्रदान गर्ने घोषणा गरेको छ ।

ओपोको ईन्टेलेक्चुअल प्रपर्टीका वरिष्ठ निर्देशक एड्लर फेंगले भने,‘ ओपो सधै उद्योगको स्वस्थ विकासका लागि प्रतिबद्ध रहेको छ । उद्योगलाई ओपोको एसेन्सियल प्याटेन्ट पोर्टफोलियो निष्पक्ष, उचित र गैरभेदवावपूर्ण ९फ्रान्ड० तवरमा लाईसेन्स प्रदान गर्ने हाम्रो चाहना छ । हाम्रो थ्रीजी र फोरजी कम्यूनिकेसन्स स्ट्यान्डर्ड एसेन्सियल प्याटेन्ट्स लाईसेन्सिङका लागि अभेन्सी मार्फत आईओटी र अटोमोटिभ निर्मातालाई प्रस्ताव गर्न पाउँदा हामी निकै प्रशन्न छौँ ।’

अभेन्सीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत कासिम अल्फालाहीले भने, ‘अभेन्सी प्ल्याटफर्ममा स्मार्टफोन उद्योगकै अग्रणी ओपोलाई स्वागत गर्न पाउँदा हामी निकै गौरवान्वित छौँ । अभेन्सीले ओपो जस्ता कम्पनीहरुलाई तिनको आरएण्डडी लगानीका लागि उचित प्रतिफल कमाउन सघाउ पुर्याउँछ । हामी प्याटेन्ट ओनर्स र लाईसेन्सी दूबैका चासोका विषयलाई सन्तुलनमा राखि नवप्रबर्तनको निरन्तर्ताका लागि सटिक बजार उपलब्ध गराउँछौँ । ’

अभेन्सी, आईओटी भेन्डर्सलाई ताररहित सञ्चार प्रविधि माथि सहज पहुँच बनाउनका लागि वान स्टप समाधान उपलब्ध गराउने प्याटेन्ट लाईसेन्सिङ प्ल्याटफर्म हो । कनेक्टेड भेहिकल्सका लागि १४ अटोमोटिभ ब्राण्ड अहिले नै अभेन्सी मार्फत लाईसेन्ड छन् । हाल अभेन्सीसँग ओपोसहित ३८ स्ट्याण्डर्ड एसेन्सियल प्याटेन्ट होल्डर्स आवद्ध छन् । ओपोको पनि संलग्नताले ताररहित सञ्चार क्षेत्रमा कम्पनीको प्याटेन्ट स्ट्रेन्थको प्रतिनिधित्व अझ सटिकरुपमा भएको छ ।

 

प्रकाशित: Mar 04, 2020| 06:38 बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्