दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न सोमबार त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको अहिले अपरेसन जारी छ।
ओलीको मिर्गौला प्रत्यारोपणका लागि प्राडा प्रेमराज ज्ञवाली नेतृत्वको चिकित्सक टोली खटिएको छ। भारतबाट आएका डा. अनन्तकुमार ‘ब्याक सपोर्ट’मा रहेका छन् ।
त्यस्तै, मेडिकल टिममा डा. दिव्या सिंह साह, डा. महेश सिग्देल, डा. मकुन्द काफ्ले, डा. रविन नेपालीलगायतका चिकित्सक पनि शल्यक्रियामा खटिएका छन् ।
अस्पताल र आसपासमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। अस्पतालका छतमा समेत सुरक्षाकर्मी तैनाथ छन् ।
प्रधानमन्त्रीको अपरेसन चलिरहँदा त्रिवि शिक्षण अस्पतालमा शुभेच्छुकहरुको भीड लागेको छ । प्रधानमन्त्रीको तस्बिर अंकित प्ले कार्ड बोकेका शुभेच्छुकहरुले खुसीको खबर सुन्न आफूहरु आतुर रहेको सुनाए।
प्रधानमन्त्रीको अपरेसन सकिन करिब ५ घण्टा लाग्ने चिकित्सकले बताएका छन्।
हेर्नुहोस् भिडियो