बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यसरी हुँदैछ आज प्रधानमन्त्रीको दोस्रो मृगौला प्रत्यारोपण

यसरी हुँदैछ आज प्रधानमन्त्रीको दोस्रो मृगौला प्रत्यारोपण

प्रधानमन्त्री केपी शर्मा ओलीको बिहान ९ बजेदेखि शल्यक्रिया सुरु गरिने छ । पाँच घन्टामा प्रत्यारोपणको काम सकिने चिकित्सकहरूले बताएका छन् ।
 |  बुधबार, फागुन २१, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०७६

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको आज (बुधबार) दोस्रो पटक गर्न लागिएको मृगौला प्रत्यारोपणको खबरलाई आजका पत्रपत्रिका मुख्य समाचार बनाएका छन् ।

कान्तिपुर दैनिकले प्रत्यारोपण आज शीर्षकमा मुख्य समाचार छापेको छ भने नयाँ पत्रिकाले प्रधानमन्त्री ढुक्क शीर्षकमा खबर लेखेको छ ।

कोरोनाको त्रास सवत्र्र शीर्षकमा मुख्य समाचार छापेको आजको अन्नपूर्ण पोस्ट्ले प्रधानमन्त्रीको मनोबल उच्च शीर्षकको खबरलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ ।

इम्बोस्ड नम्बर प्लेटका नाममा राज्यकोष लुट्ने प्रयास भएको भन्दै नागरिक दैनिकले यो विषयलाई मुख्य समाचार बनाएको छ भने प्रधानमन्त्रीको मृर्गौला पुनः प्रत्यारोपण, आवश्यक सबै परिक्षण सम्पन्न शीर्षकको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

यसरी हुँदैछ प्रधानमन्त्रीको दोस्रो मृगौला प्रत्यारोपण

प्रधानमन्त्री केपी ओलीको बुधबार दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गरिँदै छ । उनलाई भान्जी नाता पर्ने झापाकी ३२ वर्षीया समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिँदै छिन् ।

ओली सोमबार साँझ नै शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका थिए । शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका प्रमुख प्रा.डा. उत्तमकुमार शर्मा र युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्दै छ ।

बिहान ९ बजेदेखि शल्यक्रिया सुरु गरिने डा. ज्ञवालीले बताए । पाँच घन्टामा प्रत्यारोपणको काम सकिने नयाँ पत्रिकाले समाचारमा लेखेको छ ।
चिकित्सकहरूका अनुसार प्रधानमन्त्रीमा उच्च मनोबल छ ।

प्रत्यारोपणको अन्तिम तयारीस्वरूप मंगलबार दिउँसो प्रधानमन्त्री ओलीको डायलाइसिस गर्नुका साथै पिसाब, रगत, छाती र दाँतको परीक्षण गरिएको थियो ।

सबैको रिपोर्ट सामान्य देखिएको छ । चिकित्सकहरूका अनुसार उनलाई प्रत्यारोपण गर्नुपूर्व दिइने प्रि–औषधिहरू दिन सुरु गरिएको छ । यसअघि नै प्रधानमन्त्री ओलीको मुटु, फोक्सो र कलेजोको परीक्षण भइसकेको छ ।

ओलीलाई शिक्षण अस्पतालको ६०१ नम्बर क्याबिनमा राखिएको छ ।

दशजनामा दोस्रोपटक मिर्गाैला प्रत्यारोपण, सबै सफल


नयाँ पत्रिकामा प्रकाशित समाचार अनुसार नेपालमा ८ अगस्ट २००८ मा पहिलोपटक त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण थालिएको हो ।

६ माघ ०६९ देखि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पनि मिर्गौला प्रत्यारोपण सेवा दिन थाल्यो । ०६८ मा केन्द्रको स्थापना भएको थियो ।

देशभर हालसम्म एक हजार पाँच सयको मिर्गौला प्रत्यारोपण गरिएको छ । त्यसमध्ये करिब सात सयको प्रत्यारोपण शिक्षण अस्पतालमा भएको युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका सर्जन प्रा.डा. प्रेमराज ज्ञवालीले बताए । त्यसको सफल दर ९८ प्रतिशत छ ।

नेपालमै १० जनामा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको छ । ती सबै सफल भएका छन् । डा. ज्ञवालीका अनुसार शिक्षण अस्पतालमा मात्रै आठजनाको दोस्रोपटक प्रत्यारोपण भएको छ भने दुईजनाको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गरिएको समाचारमा उल्लेख छ ।

प्रकाशित: Mar 04, 2020| 01:08 बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।