बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मौसममा पश्चिमी र स्थानीय वायुको प्रभाव, यस्तो हुनेछ बिहीबारसम्मको मौसम

मौसममा पश्चिमी र स्थानीय वायुको प्रभाव, यस्तो हुनेछ बिहीबारसम्मको मौसम

पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।
 |  मंगलबार, फागुन २०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २०, २०७६

काठमाडौं– देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी एवं स्थानीय वायुको प्रभाव मौसममा देखिएको महाशाखाको भनाइ छ।

यस्तो हुनेछ दुई दिनको मौसम

फागुन २१ गते बुधबार

दिउँसोः देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा सामान्यतया सफा रहने छ। अपरान्हपछि पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया सफा रहने छ। पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

फागुन २२ गते बिहिबार

दिउँसोः देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पश्चिमी भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी र मध्यका थोरै स्थानहरुमा र पूर्वी पहाडका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।

प्रकाशित: Mar 03, 2020| 16:53 मंगलबार, फागुन २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।