बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्व डिआईजी महेशविक्रम शाहविरुद्ध भ्रष्टाचार मुद्दा

पूर्व डिआईजी महेशविक्रम शाहविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
 |  मंगलबार, फागुन २०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २०, २०७६

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

अख्तियारले मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनका तत्कालीन समादेशक (पूर्व प्रहरी नायव महानिरीक्षक) शाहसँगै तीन प्रहरी अधिकारी एवम् कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापालविरुद्ध ३३ लाख ३८ हजार ८४ रुपैयाँ ८८ पैसा भ्रष्टाचार गरेको अरोपमा मुद्दा दर्ता गरेको हो।

मध्य क्षेत्रीय तालिम केन्द्र सिन्धुलीमा रहँदा प्रहरी जवानको तलब भत्ता कीर्ते दस्तखत गरी हिनामिना गरेको आरोपमा अख्तियारले शाहसँगै लेखापाल प्रहरी नायब निरीक्षक दिपेन्द्रप्रसाद पनेरु तथा लेखा सहायक हवल्दार केशवसिंह ऐरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

उनीहरुले तालिम केन्द्रमा सरुवा भई आएका १०३ जना प्रहरी जवानको २०७२ माघ र फागुन महिनाको तलब भत्ता ३१ लाख ८८ हजार ४ सय ६८ तथा १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानको ०७२ साल माघमा २ दिनको तलब १ लाख ४९ हजार ६१६ रुपैयाँ ८८ पैसा गरी ३३ लाख ३८ हजार ८४ रुपैयाँ ८८ पैसा तलबी भरपाईमा कीर्ते दस्तखत गरी झिकेर बाँडिचुडी खाएको पुष्टि भएको अख्तियारले जनाएको छ।

प्रहरीका तीन अधिकारीसँगै अख्तियारले कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सन्जिब बिशंखेविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए।

प्रहरी तालिम केन्द्रले रकम हिनामिना गरेको देख्दादेख्दै लेखा परीक्षण गर्दा निजी लाभका लागि तथ्यहरु लोप गरी लेखापरीक्षण गरेको देखिएको भन्दै लेखापाल विशंखेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको कोइरालाले बताए।

अख्तियारका अनुसार तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनमा मिति २०७२ बैसाख २७ गते प्रहरी जवान पदमा नयाँ भर्ना भई मिति २०७२ पुस २२ गते तालिम समापन भएको थियो।

प्रहरी प्रधान कार्यालयको मिति २०७२ माघ ११ गतेको पत्रले माघ महिनादेखिको तलब भत्ता सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सबै प्रहरी जवानहरुको सरुवा गरेको थियो।

तर तालिम केन्द्रका समादेशक शाह, लेखापाल प्रहरी नायब निरीक्षक पनेरु र लेखा सहायक ऐरीको मिलेमतोमा अन्यत्र सरुवा भईसकेका प्रहरी जवानहरुको ०७२ साल माघ र फागुन महिनाको तलव भत्ता खर्च लेखी नगद निकालेर खाएको पुष्टि भएपछि उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरिएको हो।

प्रकाशित: Mar 03, 2020| 14:00 मंगलबार, फागुन २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।