बिहीबार, भदौ ४, २०८३

हुन्डाई ओपन गल्फ शुक्रबार र शनिबार

 |  मंगलबार, फागुन २०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २०, २०७६

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले शुक्रबारदेखि दुईदिने हुन्डाई ओपन गल्फ प्रतियोगिता गर्ने भएको छ।

गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगितामा व्यावसायिक प्रतिष्ठानका सहित कूल १ सय ३० एमेच्योर खेलाडीको सहभागिता रहने सोमबार पत्रकार सम्मेलनमा जानकारी गराइयो। प्रतियोगिता शनिबारसम्म चल्नेछ।

१८ होलमा हुने प्रतियोगितामा विजेताका साथै उपविजेता, तेस्रो हुने खेलाडी पुरस्कृत हुने बताइएको छ। यसैगरी बेस्ट ग्रस, महिला च्याम्पियन, ६० वर्षमाथिको सिनियर, १७ वर्ष मुनिको जुनियर, हुन्डाई मालिकहरूको प्रतिस्पर्धा, लङगेस्ट ड्राइभ, क्लोजेस्ट टु दी पिन, मोस्ट बर्डिज र होल इन वानका पुरस्कारहरु राखिएको छ।

१०औं होलमा एक सटमा बल छिराउने खेलाडीले पुरस्कार स्वरुप हुन्डाई ग्रान्ड आई टेन म्याग्ना गाडी पाउने गोकर्ण गल्फ क्लबका सिनियर गल्फ डाइरेक्टर दीपक आचार्यले जानकारी गराए।

लक्ष्मी इन्टरनेशनलका मार्केटिङ तथा कम्युनिकेसन प्रमुख आवसिश ओझाले अन्य विधाका विजेतालाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको बताए।

प्रकाशित: Mar 03, 2020| 12:17 मंगलबार, फागुन २०, २०७६
प्रतिक्रिया दिनुहोस्