एनएमबि बैंकले आफ्नो लोकप्रिय घर कर्जामा परिष्कृत विविधताका साथ ५ वर्षसम्म स्थीर ब्याजदर सहित नयाँ योजना प्रस्तुत गरेको छ । उक्त योजनामा ११ प्रतिशतको निश्चित ब्याज दरको साथै कर्जाको अवधि अधिकतम २५ वर्ष रहेको बैंकले जनाएको छ ।
ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दैै ब्याजदरमा निरन्तर भएको उत्तारचढावले उत्पन्न भएको मानसिक र वित्तीय दवाव चिर्न वित्तीय क्षेत्रमै अद्वितीय र पृथक प्रकारको कर्जा योजना ल्याएको बैंकको दाबी छ ।