बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री ओलीको शल्यक्रिया बुधबार विहान ९ बजेदेखि

प्रधानमन्त्री ओलीको शल्यक्रिया बुधबार विहान ९ बजेदेखि

मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी ओलीको शल्यक्रिया बुधबार विहान ९ बजेदेखि सुरु हुने भएको छ।
 |  मंगलबार, फागुन २०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २०, २०७६

काठमाडौं- मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी ओलीको शल्यक्रिया बुधबार विहान ९ बजेदेखि सुरु हुने भएको छ।

अस्पतालले विभिन्न विषयका विशेषज्ञहरुबाट प्रधानमन्त्रीको स्वास्थ्य परिक्षण गरिएको भन्दै प्रत्यारोपणका लागि आवश्यक औषधिहरु दिन सुरु गरिएको पनि जानकारी दिएको छ।

त्यस्तै प्रत्यारोपण अगाडि गरिने नियमित डायलासिस तथा ल्याव परीक्षण गर्ने क्रम पनि जारी रहेको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

शिक्षण अस्पतालका प्राध्यापक डा। अरुण सायमीले प्रधानमन्त्री ओलीको मनोवल उच्च रहेको भन्दै ‘अबको एकसातामा क्याबिनेट बैठक चलाउँछु’ भनेको जानकारी दिए।

चिकित्सकहरुका अनुसार प्रत्यारोपणमा कम्तिमा पनि चारघण्टा लाग्ने छ।

प्रकाशित: Mar 03, 2020| 10:59 मंगलबार, फागुन २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।