शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • उपप्रधानमन्त्रीदेखि संसद्का सचिवसम्मको तलब सार्वजनिक, कसको कति?

उपप्रधानमन्त्रीदेखि संसद्का सचिवसम्मको तलब सार्वजनिक, कसको कति?

सरकारले राज्यका विभिन्न पदाधिकारीहरुको बढेको तलब राजपत्रमा प्रकाशित गरेको छ।
 |  मंगलबार, भदौ २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २२, २०७८

काठमाडौं– सरकारले राज्यका विभिन्न पदाधिकारीहरुको बढेको तलब राजपत्रमा प्रकाशित गरेको छ। गत जेठ १५ गते चालू आर्थिक वर्ष २०७८–०७९ को बजेटमार्फत बढेको तलबमान अहिले राजपत्रमा प्रकाशित भएको हो। सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमार्फत सरकारी कर्मचारीको तलब मासिक दुई हजार रुपैयाँले बढाएको थियो। 

बढेको तलब साउन १ गतेदेखि नै लागू भइसकेको छ। नयाँ तलबमानअनुसार उपप्रधानमन्त्रीले मासिक ७७ हजार ६४० रुपैयाँ  बुझ्नेछन्। त्यस्तै मन्त्रीको तलब ७२ हजार ७३० भएको छ भने राज्यमन्त्रीले ६९ हजार ३० रुपैयाँ र सहायक मन्त्रीले ६७ हजार ५ सय ३० रुपैयाँ पाउने भएका छन्।

त्यस्तै सभामुख र विपक्षी दलका नेताले ७२ हजार ७३० रुपैयाँ पाउनेछन्। संघीय सांसदको ६६ हजार २ सय ४०, राष्ट्रिय योजना आयोगका उपाध्यक्षको ६९ हजार ३० र प्रधानन्यायाधीशको मासिक तलब ८८ हजार ९५० रुपैयाँ भएको छ।

त्यस्तै न्यायाधिशको तलब ७३ हजार ९५०, महान्याधिबक्ताको ७३ हजार ९५०, न्याय परिषद् सदस्यको ७३ हजार ९५० संवैधानिक निकायका प्रमुखहरुको ७० हजार १८० रुपैयाँ र पदाधिकारीको ६६ हजार ४२० रुपैयाँ पुगेको छ। 

उच्च अदालतका मुख्य न्यायाधिशको मासिक पारिश्रमिक ७० हजार १८०, उच्च अदालतका न्यायाधिशको ६६ हजार ४२०, जिल्ला न्यायाधीशको ५६ हजार ४३० रुपैयाँ पुगेको छ।

त्यस्तै प्रमुख सूचना आयुक्तको ७० हजार १८०, आयुक्तको ६६ हजार ४२०, संघीय संसदका महासचिवको ६७ हजार १४० र सचिवको ६२ हजार ६८० रुपैयाँ मासिक तलब पुगेको राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ। 


प्रकाशित: Sep 07, 2021| 14:24 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्