बिहीबार, भदौ ४, २०८३

बैंक अफ काठमाण्डूको भिसा नगद फिर्ता योजना

 |  मंगलबार, फागुन २०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २०, २०७६

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो कार्ड बाहक ग्राहकको आवश्यकता तथा ग्राहकको उच्चतम लाभलाई मध्यनजर गर्दै बिओके भिसा नगद फिर्ता योजना सार्वजनिक गरेको छ । कार्डबाहक ग्राहकले नगद फिर्ता योजनाको सदुपयोगको लागि एक महिना भित्र पीओएस तथा इकमर्स कारोबार गर्दा रु. ५०० नगद फिर्ता पाउनुहुनेछ ।
जस अन्र्तगत एक महिना भित्र कम्तीमा २ वटा पीओएस कारोबार गर्दा रु. २५० नगद फिर्ता पाउनेछन् तथा कम्तीमा २ वटा इकमर्स कारोबार गर्दा रु. २५० नगद फिर्ता पाउने बैंकले जानकारी गराएको छ ।
उक्त नगद फिर्ता योजना अंग्रेजी क्यालेण्डर अनुशार लागू हुनेछ । यस योजनाको उच्चतम फाइदा सदुपयोगको लागि प्रत्येक कारोबार रु. ५०० वा सो भन्दा बढी हुनुपर्नेछ ।

 

प्रकाशित: Mar 03, 2020| 05:52 मंगलबार, फागुन २०, २०७६
प्रतिक्रिया दिनुहोस्