डिजिटल वित्तीय सेवामा जडान गर्ने उदेश्यले आइप्लेक्स मलमा सफलता पूर्वक मोबाइल बैंकिङ मेला आयोजना गरेको फोनपेले राजधानीको चावहिलस्थित केएल टावरमा पनि दोस्रो मेला सम्पन्न गरेको छ । नेपालको अग्रणी भुक्तानी नेटवर्क फोनपेले राजधानीमा रहेका प्रमुख मलहरूमा फेबु्रअरी र मार्च महिनामा यस किसिमको मोबाइल बैंकिङ मेला सञ्चालन गर्नेछ ।
‘मोबाईल बैंकिङ’ बैंकहरूले प्रदान गरेको सेवा हो, जसबाट प्रयोगकर्ताले मोबाईल फोन मार्फत बैंक भुक्तानी, फण्ड ट्रान्स्फर, स्टेटमेन्ट जाँच जस्ता थुप्रै सेवा लिन सकिनेछ । मोबाईल बैंकिङ मार्फत जुनसुकै बेला पनि वित्तीय सेवाहरू प्रयोग गर्न सकिन्छ । स्क्यान टु पे सुविधा मार्फत बिजुलीको महशुल, टेलिफोन बिल भुक्तानी ,हवाइजहाज टिकट, चलचित्र टिकट, किराना पसलमा किलमेल जस्ता थुप्रै सेवा सरल रूपमा लिन सकिन्छ ।