बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशिया बैंकको नयाँ शाखारहित बैंकिङ सेवा प्युठानको लामाचौरमा

एनआईसी एशिया बैंकको नयाँ शाखारहित बैंकिङ सेवा प्युठानको लामाचौरमा

 |  मंगलबार, फागुन २०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २०, २०७६

एनआईसी एशिया बैंकले ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सवलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्ने क्रममा प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं.९, लामाचौरमा आपm्नो ५५ औं शाखारहित बैंकिङ्ग सेवा फागुन १८ गतेबाट संचालनमा ल्याएको छ ।

बैंकिङ्ग सेवाको उद्घाटन सोही वडाका अध्यक्ष नरबहादुर बुढामगरले गरे । उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा बैंकले गोपाल कृष्ण बुढामगरलाई नियुक्त गरेको छ ।

ग्रामीण क्षेत्रका स्थानीयवासीहरूले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि लामो दूरीसम्म हिँड्नुपर्ने वाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबार गर्न सहज हुने विश्वास बैंकले लिए ।

प्रकाशित: Mar 03, 2020| 05:43 मंगलबार, फागुन २०, २०७६
प्रतिक्रिया दिनुहोस्