बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • जनरल इन्स्योरेन्स कम्पनीको निर्जीवन बीमा अभिकर्ता तालिम

जनरल इन्स्योरेन्स कम्पनीको निर्जीवन बीमा अभिकर्ता तालिम

 |  मंगलबार, फागुन २०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २०, २०७६

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदेश नं. ५ अन्तर्गत बुटवलस्थित दियालो फुडल्याण्डमा यही फागुन १५ गते देखि १७ गतेसम्म ३ दिन आधारभूत निर्जीवन बिमा अभिकर्ता तालिम सम्पन्न गरिएकोे छ ।

उक्त तालिममा बीमाको परिचय, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौती साथै बीमाको विभिन्न पोर्टफोलियोको बारेमा विस्तृत तालिम प्रदान गरिएको थियो ।

सोही तालिममा बीमा अभिकर्ताको भूमिका र निर्वाह, कृषि बाली तथा पशुपंशी बीमाको बारेमा समेत जानकारी दिइएको थियो । ३४ जना अभिकर्ताहरुको सहभागिता रहेको उक्त तालिममा सफलतापूर्वक तालिम लिने अभिकर्ताहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

प्रकाशित: Mar 03, 2020| 05:35 मंगलबार, फागुन २०, २०७६
प्रतिक्रिया दिनुहोस्