काठमाडौं। केही दिनयता हौसिएको सेयर बजारमा आज (सोमबार) भने पहिरो गएको छ। कारोबारको पहिलो ३ घण्टामै नेप्से ९६ अंकले ओरालो लागेको छ।
नेप्सेको उपसूचकहरु सबै रातो देखिएका छन्। जीवन बीमा सबैभन्दा बढी अंकले घटेको छ।
एकैदिन दुईपल्ट नकारात्मक सर्किट लागेपछि सेयर कारोबार नै स्थगित भएको छ। एकैदिन बजार ६ प्रतिशतले घटेपछि कारोबार स्थगित भएको हो ।
१२ बजेर ४६ मिनेट जाँदा ५ प्रतिशतले बजार घटेपछि ४० मिनेटका लागि स्थगित भएको थियो । पुनः कारोबार सुरु भएको ४ मिनेटमा नै बजार थप १ प्रतिशतले घटेपछि कारोबार स्थगित भएको छ।
नेप्सेमा सुरुको १ घण्टामा बजार ४ प्रतिशतले घटेमा २० मिनेट, २ घण्टामा छ प्रतिशतले घटेमा ४० मिनेट र त्यसपछि ६ प्रतिशतले घटेमा दिनभरिका लागि कारोबार स्थगित हुने व्यवस्था छ।