बिहीबार, भदौ ४, २०८३

नेपाल टेलिकमको लार्ज डाटा प्याक प्रतिएमबी ५ पैसामै

 |  आइतबार, फागुन १८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १८, २०७६

नेपाल टेलिकमले लार्ज डाटा प्याक उपलब्ध गराएको छ । यो प्याक एक पटक सब्स्क्राइब गरेपछि लामो समयसम्म चलाउन पाइन्छ र तुलनात्मक रुपमा निकै सस्तो पर्ने कम्पनीले बताएको छ ।

कम्पनीले यसअन्तर्गत ३० जीबी र ६० जीबीको प्याक उपलब्ध गराइरहेको छ । ३० जीबीको प्याक आवश्यकता अनुसार ९० दिनसम्म चलाउन सकिन्छ । यस प्याकको मूल्य १ हजार ६ सय रुपैयाँ छ ।

त्यसैगरी ६० जीबी प्याक १ सय ८० दिन सम्म प्रयोग गर्न सकिन्छ । यसको मूल्य ३ हजार रुपैयाँ छ । यसरी प्याक प्रयोग गरी डाटा चलाउँदा प्रतिएमबी करिव ५ पैसा मात्र खर्च लाग्छ । उल्लेखित रकम करसहितका हुन् ।

प्रकाशित: Mar 01, 2020| 11:28 आइतबार, फागुन १८, २०७६
प्रतिक्रिया दिनुहोस्