सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्ट अफ सक्सेस कार्यक्रम सम्पन्न गरेको छ । सिटिजन लिडरहरुको क्षमता अभिबृद्धि गर्ने, उत्प्रेरणा जगाउने तथा ग्राहकमाझ सेवालाई स्तरीय बनाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा ४ सयभन्दा बढी सक्रिय सिटिजन लिडरहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा प्रशिक्षक मदनराज विष्टले भावनात्मक मानव सम्बन्ध, अन्तर मनद्वारा योजनाको नेतृत्व, लिडरबारे प्रकाश पारेका थिए ।