काठमाडौं– चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवर्धित चन्द्रागिरि केवलकारमा सेवा लिने ७० वर्ष नाघेका आन्तरिक तथा बाह्य पर्यटकलाई केवलकार सेवा निःशुल्क हुने भएको छ।
योजना अन्तर्गतको सेवा लिन पर्यटकले ज्येष्ठ नागरिकको परिचय खुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराउनुपर्ने छ ।
आफ्नो जन्मदिनको अवसरमा चन्द्रगिरि केवलकार चढ्न जाने आन्तरिक तथा बाह्य पर्यटकलाई निःशुल्क केबलकारको व्यवस्था कम्पनी व्यवस्थापनले यसअघि नै गरिसकेको छ ।
त्यसका अतिरिक्त ३ फीटसम्म उचाइ भएका बालबालिकालाई पूर्णत निःशुल्क केबलकार चढ्न पाउने व्यवस्था कम्पनी स्थापनासँगै गरिँदै आइएको छ । केबलकारको शुल्कमा स्थानीय नागरिक र विद्यार्थीलाई २५ प्रतिशत र शारीरिक रुपमा फरक क्षमता भएका व्यक्तिलाई ५० प्रतिशत छुटको व्यवस्था कम्पनीले गर्दै आएको छ ।