बिहीबार, भदौ ४, २०८३

प्रधानमन्त्री ओलीद्वारा संसदीय मर्यादा उल्लंघन

प्रमुख प्रतिपक्षी दलका नेता बोल्दा संसद् बैठकमा उपस्थित हुनुपर्ने संसदीय मर्यादा प्रधानमन्त्री केपी ओलीले उल्लंघन गरेका छन्।
 |  आइतबार, फागुन १८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १८, २०७६

काठमाडौं– प्रमुख प्रतिपक्षी दलका नेता बोल्दा संसद् बैठकमा उपस्थित हुनुपर्ने संसदीय मर्यादा प्रधानमन्त्री केपी ओलीले उल्लंघन गरेका छन्।

संसदमा सत्तारुढ दल संसदीय दलका नेता बोल्दा प्रमुख प्रतिपक्षी दलका नेता उपस्थित हुनुपर्ने र प्रमुख प्रतिपक्षी दलका नेता बोल्दा सत्ता पक्षका नेता उपस्थित हुनुपर्ने परम्परा छ।

तर, आइतबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले बोल्दा सत्तारुढ दलको संसदीय दलका नेता अनुपस्थित थिए।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलका नेता हुन् प्रधानमन्त्री ओली । प्रमुख प्रतिपक्षी कांग्रेसले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ७० करोड कमिसन काण्डबारे संसदमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गर्दै आए पनि ओली भने संसदमा बैठकमा अनुपस्थित रहँदै आएका छन्।

आइतबार पनि प्रधानमन्त्री ओली प्रतिनिधिसभाको बैठकमा सहभागी भएनन्। नेकपाको सचिवालय बैठक भएकोले प्रधानमन्त्री प्रतिनिधिसभा बैठकमा आउन नसकेको बताइएको छ ।

कांग्रेस सभापति देउवाले बाँस्कोटाको अडियो काण्डबारे प्रधानमन्त्री ओलीले संसदमा जवाफ दिनुपर्ने बताएका थिए।

देउवाले भने– बाँस्कोटा कमिसन काण्डको जवाफ प्रधानमन्त्रीले खै दिएको ?

 

प्रकाशित: Mar 01, 2020| 07:53 आइतबार, फागुन १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।