सोमबार, भदौ १, २०८३

महराको पुनरावेदनबारे उच्च अदालतमा सुनुवाइ जारी

 |  बिहीबार, पुस ३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ३, २०७६

काठमाडौं। आफूलाई थुनामा राखेर अनुुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले दिएको आदेशविरुद्ध पुनरावेदनको निवेदन दिएका पूर्वसभामुख कृष्णबहादुर महराको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ भैरहेको छ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको संयुक्त इजलासमा महराको पुनरावेदन निवेदनको सुनुवाइ भैरहेको हो। अदालतका प्रवक्ता मोहन सुवेदीले महराले काठमाडौं जिल्ला अदालतले थुनामा राख्न दिएको आदेश बदर गरिपाउँ भनि दिएको पुनरावेदन निवेदन र रोशनी शाहीले दिएको निवेदनको सुनुवाइ भैरहेको जानकारी दिए। रोशनीले आफूलाई जबर्जस्ती जोहरी दिन लगाएको भनेर उच्च अदालतमा निवेदन दिएकी थिइन्।

उच्च अदालतले संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार गर्न खोजेको र प्रतिकार गर्दा हिंसा गरेको अभियोग लागेका पूर्वसभामुख महरामाथिको अनुसन्धान देखि थुनामा राख्ने आदेशसम्मको विवरण माग्न आदेश दिएको थियो।

महरालाई जिल्ला अदालत काठमाडौंले तत्काल प्राप्त प्रमाणका आधारमा थुनामा पठाउने आदेश गरेको थियो। असोज १२ गते राति महरा आएर पहिले रक्सी खाएको त्यसपछि बलात्कार प्रयास गरेको रोशनीले प्रहरीलाई भनेकी थिइन्। ‘प्रहरीलाई भनिदिन्छु’ भनेपछि महरा हतारहतार निस्किएको शाहीले भिडिओ अन्तर्वार्तामा पनि बताएकी थिइन्।

महरा हतारहतार निस्किँदा कोठामै छुटेका जुत्ताको तलुवा, फुटेको चस्माको एउटा सिसा र चस्माको भाँचिएको खुट्टा प्रहरीले बरामद गरेको थियो। महराले आफूलाई बलात्कार गर्न खोजेको, नमानेपछि कुटपिट गरेको र त्यसपछि आफूले प्रहरीलाई बोलाएर सबै कुरा भनेको भन्दै रोशनीले त्यही रात साढे ११ बजे आफूलाई बताएकी सांसद उमा रेग्मीले प्रहरीसामु कागज गरिदिएकी छन्।

पीडितलाई रक्सी खुवाएर अनुचित प्रभावमा पारेर महराले जबरजस्ती करणी गर्ने प्रयास गरेको सरकारी वकिलको ठहर छ।

प्रकाशित: Dec 19, 2019| 07:00 बिहीबार, पुस ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।