काठमाडौं- विदेशमा ‘नेपाल भ्रमण वर्ष २०२०’ प्रचारप्रसारका कार्यक्रम स्थगित गरिएको छ।
कोरोना भाइरस (कोभिड-१९) ले विश्वका धेरै देशमा असर गरेपछि सरकारले विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम स्थगित गरेको हो।
राजधानीमा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विदेशमा हुने प्रचारप्रसारका काम स्थगित गरिएको बताएका हुन्। उनले अब सरकार आन्तरिक पर्यटन प्रवद्र्धनमा केन्द्रित हुने बताए।
नेपाल भ्रमण वर्ष २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य छ। कोरोनाका कारण यो लक्ष्य पूरा गर्न अवरोध भइरहेको उनकाे भनाइ छ।
सरकारले विज्ञहरूको सुझावका आधारमा विदेशमा हुने प्रचारप्रसारका कार्यक्रम तत्काल स्थगित गरेको हो।