सोमबार, फागुन १८, २०८२

जनकपुरमा बन्दै गरेको सहिद गेटमा अनियमितता

मधेश आन्दोलनकै बलमा जनताको विश्वास कमाउन सफल भएका साहले मधेश आन्दोलनकै सहिदहरुको नाममा निर्माण भइरहेको सहिद गेटको नाममा अनियमितता गरेको पाइएको छ।
 |  मंगलबार, भदौ २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २२, २०७८

जनकपुरधाम– मधेश आन्दोलनपछि देशमा स्थानीय तहको चुनाव हुँदा मधेशवादी दलले कैयौँ स्थानीय तहमा नेतृत्व पाउन सफल भए। मधेशको केन्द्र जनकपुरधाममा समेत तत्कालिन राजपाबाट लालकिशोर साह नगरप्रमुखमा निर्वाचित भए।

निर्वाचित भएलगत्तै जनकपुरधामका नगर प्रमुख साहले मधेश आन्दोलनका सहिदहरुको सम्मानमा नगरको प्रवेशद्वारमा गेट निर्माण गर्ने बताएका थिए। 

मधेश आन्दोलनकै बलमा जनताको विश्वास कमाउन सफल भएका साहले मधेश आन्दोलनकै सहिदहरुको नाममा निर्माण भइरहेको सहिद गेटको नाममा अनियमितता गरेको पाइएको छ। 

महालेखा परीक्षकको प्रतिवेदनअनुसार जनकपुरधाम उपमहानगरपालिकाले निर्माण गरिरहेको सहिद गेटको टेण्डर प्रकृयामै अनियमितता भएको छ। गेट निर्माणका लागि २०७६ साल माघ १० गते पहिलो पटक ३० दिने सूचना सहित टेण्डर आह्वान गरिएको थियो। जसमा रविन्द्र कन्स्ट्रक्सन प्रालिको प्रस्ताव मात्रै परेको थियो। यद्यपि अनुभव सम्बन्धि कागजात नक्कली सावित भएपछि ठेक्का अस्वीकृत गरिएको थियो।

त्यसपछि २०७६ फागुन १८ गते १५ दिने सूचना फेरि आह्वान गरियो, जसमा गौरी पार्वती साप जेभीको प्रस्ताव परेको थियो। ४ करोड २८ लाख ७० हजार ४ सय ६२ रुपैयाँ अनुमानित लागत गरिएकोमा १.०५ प्रतिशत घटीमा मात्रै अर्थात ४ करोड ८ लाख ८ हजार ५३ रुपैयाँमा प्रस्ताव स्वीकृत गरिएकोले बिना प्रतिस्पर्धा प्रस्तावकर्तालाई ठेक्का उपलब्ध गराइएको पाइएको महालेखा परिक्षकको प्रतिवेदनमा भनिएको छ । 

kumari

२०७७ साल असार २० गते शिलान्यास गरिएको सो गेट निर्माणमा आर्थिक वर्ष २०७६–०७७मा ४४ लाख ७७ हजार ७ सय २ र आर्थिक वर्ष २०७७–०७८मा २ करोड बजेट छुट्याइएकोमा १ करोड ३२ लाख ३२ हजार ४ सय २ रुपैयाँ गत जेठ महिनासम्ममा खर्च भइसकेको छ । 

धनुष आकारमा निर्माण हुन लागेको सो गेटमा सीतारामको प्रतिमाका साथै मधेश आन्दोलनका सहिदहरुको प्रतिमा स्थापना गरिने लक्ष्य लिइएको छ।

प्रकाशित: Sep 07, 2021| 12:37 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।