बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशिया बैंकका ग्राहकलाई वाल क्लाइम्बिङमा विशेष छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई वाल क्लाइम्बिङमा विशेष छुट

 |  शुक्रबार, फागुन १६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १६, २०७६

एनआईसी एशिया बैंक लिमिटेड र एस्ट्रेक क्लाइम्बिङ वाल प्रालिबीच बैंकका ग्राहक महानुभाव एवं बैंकका कर्मचारीहरूलाई सो कम्पनीले दिने सेवामा विशेष छुट उपलब्ध गराउने समझदारी भएको छ ।

उक्त समझदारीपत्रमा बैंकको तर्फबाट बैंकको वागमती प्रदेश डिजिटल सेल्स प्रमुख श्याम लामिछाने र कम्पनीका तर्फबाट महाप्रबन्धक कमल घले गुरुङले हस्ताक्षर गरे।

उक्त समझदारी अनुसार बैंकका ग्राहकले बैंकको डेबिट, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरि ठमेलमा रहेको वाल क्लाइम्बिङमा कम्पनीले उपलब्ध गराउने सेवा प्रयोग गर्दा लाग्ने शुल्कमा ३०% छुट हुनेछ । साथै बैंकका कर्मचारी तथा कर्मचारीका परिवारलाई यसै समझदारीअनुसार ५०% छुट हुनेछ । उक्त छुट सुविधा १ वर्षसम्म लागू हुनेछ ।

प्रकाशित: Feb 28, 2020| 17:05 शुक्रबार, फागुन १६, २०७६
प्रतिक्रिया दिनुहोस्