बिहीबार, भदौ ४, २०८३

सिद्धार्थ बैंकको नयाँ शाखा स्याङजा र ललितपुरमा

 |  शुक्रबार, फागुन १६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १६, २०७६

सिद्घार्थ बैंकले २०७६ फागुन १५ गते बिहिबार स्याङजाको वालिङमा र ललितपुरको हात्तीवनमा दुई नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।

बैंकले सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो ।

उक्त शाखा विस्तार पश्चात् सिद्घार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १८२ (३ एक्स्टेन्सन काउन्टर सहित) पुगेको छ ।

प्रकाशित: Feb 28, 2020| 15:16 शुक्रबार, फागुन १६, २०७६
प्रतिक्रिया दिनुहोस्