बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सातै प्रदेशमा खानेपानीको बिल भुक्तानी खल्ती वालेटबाट गर्न सकिने

सातै प्रदेशमा खानेपानीको बिल भुक्तानी खल्ती वालेटबाट गर्न सकिने

अब पूर्वमा झापाको बुधबारेदेखि पश्चिममा कञ्चनपुरको बेलौरीसम्मका ३८ जिल्लाका ११३ खानेपानी वितरण संस्था तथा उपभोक्ता समितिको बिल खल्तीबाटै तिर्न सकिनेछ ।
 |  शुक्रबार, फागुन १६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १६, २०७६

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले सातै वटा प्रदेशमा खानेपानी बिल भुक्तानी सेवा विस्तार गरेको छ ।

खल्तीले यस हप्ता मात्रै २६ जिल्लाका ८३ वटा खानेपानी वितरण समिति तथा उपभोक्ता समूहमाझ सेवा विस्तार गरी आफ्नो खानेपानी बिल भुक्तानी सेवा सातै वटा प्रदेशमा पुर्याएको हो ।

अब पूर्वमा झापाको बुधबारेदेखि पश्चिममा कञ्चनपुरको बेलौरीसम्मका ३८ जिल्लाका ११३ खानेपानी वितरण संस्था तथा उपभोक्ता समितिको बिल खल्तीबाटै तिर्न सकिनेछ ।

अब ती ठाउँका बासिन्दाहरुले काउन्टरसम्म पुगी लाईन बसेर बिल तिर्ने झन्झट गर्नुपर्ने छैन । उनीहरुले खल्ती एप तथा वेबसाईटमा रहेको खानेपानीको आईकनमा क्लिक गरी आफ्नो काउन्टर छानेर ग्राहक कोड दाखिला गरी खानेपानीको महशुल भुक्तानी गर्न सक्नेछन् ।

साथै, डिजिटल प्रविधिसँग अभ्यस्त भैनसकेका र स्मार्टफोन नचलाउने उपभोक्ताले आफ्नो नजिकैको खल्ती पसलमा गई सजिलै बिल तिर्न सक्नेछन् ।

प्रकाशित: Feb 28, 2020| 14:56 शुक्रबार, फागुन १६, २०७६
प्रतिक्रिया दिनुहोस्