बिहीबार, भदौ ४, २०८३

फोर्ड एन्डेभरको २०२० संस्करण नेपाली बजारमा

२०२० फोर्ड एन्डेभरमा उन्नत २.० ईकोब्लू डीजेल इन्जिन प्रयोग गरिएको छ, पछिल्लो परिस्कृत यस इन्जिनका कारण इन्धन र पर्फर्मेन्सका लागि यो अतुलनिय प्याकेज बन्न पुगेको छ । यसले उत्सर्जनलाई घटाएर कम इन्धन खपत गर्दछ । गाडीमा ३ वर्ष वा एक लाख किलोमिटर सम्मको वारेन्टी छ ।
 |  शुक्रबार, फागुन १६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १६, २०७६

फोर्डको नेपालका लागि आधिकारिक विक्रेता जीओ अटोमावाइल्सले फोर्ड एन्डेभरको २०२० मोडलको गाडी नेपाली बजारमा ल्याएको छ । बीएस सिक्स प्रदूषण नियन्त्रणमा आधारित २०२० एन्डेभर ४ बाइ ४ टाइटेनियम प्लस भेरियन्ट नेपाली बजारमा उतारेको हो ।

विश्वको पहिलो १०–स्पीड स्वचालित ट्रान्समिशन भएको यस गाडीमा नयाँ २.० लिटर ईकोब्लू डीजेल इन्जिन राखिएको छ । यसले १७० पीएस पावर र ४२० एनएम टर्क पैदा गर्छ र यो अफरोड तथा उपरखापड सडकमा पनि सजिलैसँग चलाउन सकिन्छ ।

उत्कृष्ट पर्फर्मेन्स र अनुकूल मूल्यका साथ नेपालमा यो कार भित्रिएको छ । विश्वको पहिलो १० स्पीड स्वचालित ट्रान्समिशनयुक्त यो कार सेलेक्ट सिफ्ट टेक्नोलोजीयुक्त सेग्मेन्टको पहिलो गाडी हो । साथै चाहेको दायरामा रहेर गियर लक गर्ने सुविधा पनि यसमा रहेको छ ।

पूर्ण सुरक्षा मापदण्ड पूरा गरी निर्माण गरिएको यो कार सुरक्षाका दृष्टिकोणले उत्कृष्ट छ । यसमा सात एयरब्याग, भूमि व्यवस्थापन प्रणाली जडान गरिएको छ । यसले गाडी भित्रको ध्वनिको उत्सर्जनलाई कम गर्ने प्रविधिको पनि प्रयोग गरिएको छ । साथै आरामदायी, समानान्तर पार्क सहायतालगायतका फिचरहरू यसमा राखिएका छन् ।

२०२० फोर्ड एन्डेभरमा उन्नत २.० ईकोब्लू डीजेल इन्जिन प्रयोग गरिएको छ, पछिल्लो परिस्कृत यस इन्जिनका कारण इन्धन र पर्फर्मेन्सका लागि यो अतुलनिय प्याकेज बन्न पुगेको छ । यसले उत्सर्जनलाई घटाएर कम इन्धन खपत गर्दछ । गाडीमा ३ वर्ष वा एक लाख किलोमिटर सम्मको वारेन्टी छ ।

डिफ्युज सिल्भर, डायमन्ड ह्वाइट र एब्सोल्युट ब्ल्याक गरी तीन कलरमा उपलब्ध यस कारको प्रारम्भिक मूल्य रू. १ करोड ४९ लाख राखिएको छ ।

 

प्रकाशित: Feb 28, 2020| 14:54 शुक्रबार, फागुन १६, २०७६
प्रतिक्रिया दिनुहोस्