बुधबार, चैत ११, २०८२

स्वयंसेवक शिक्षकका लागि दरखास्त खुल्यो

सरकारले अंग्रेजी, गणित र विज्ञान विषयमा स्वयंसेवक शिक्षकको विज्ञान गरेको छ ।
 |  शुक्रबार, फागुन १६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १६, २०७६

काठमाडौं– सरकारले अंग्रेजी, गणित र विज्ञान विषयमा स्वयंसेवक शिक्षकको विज्ञापन गरेको छ।

National life

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यी विषयका शिक्षक दरबन्दी नभएका वा अपुग भएका सामुदायिक विद्यालयका लागि दरखास्त आह्वान गरेको हो। दरखास्त भर्ने अन्तिम मिति फागुन २५ गतेसम्म तोकिएको छ।

दरखास्तमा स‌ख्या नताेकिए पनि १५ सय हाराहारीमा शिक्षक नियुक्त हुन सक्ने केन्द्रले जनाएकाे छ। 

केन्द्रका महानिर्देशक तुलसीप्रसाद थपलियाले भने, ‘ स्थानीय तहले कति आवश्यक ठान्छन्, त्यसमा भर पर्छ । अर्को कुरा बजेटका आधारमा स्वयंसेवक शिक्षक राख्न लागिएको हो। त्यसैले संख्या तोकेका छैनौं ।

देशको भौगोलिक स्थितिको ज्ञानका साथै व्यावहारिक तथा जीवनोपयोगी सीप प्राप्त गर्ने अवसर दिन युवालाई स्वयंसेवकका रूपमा खटाउन लागिएको केन्द्रका महानिर्देशक तुलसीप्रसाद थपलियाले जानकारी दिए।

Laxmi sunrise bank
kumari

यी तीन विषय र प्राविधिक धारका विद्यालयमा शिक्षक अभाव परिपूर्ति गर्न शिक्षा मन्त्रालयले शिक्षण स्वयंसेवक खटाउन लागेको हो। कम्तीमा एक वर्षका लागि खटिने स्वयंसेवकले शिक्षण अनुमतिपत्र लिनु पर्दैन।

सम्बन्धित विषयमा स्नातक र स्नातकोत्तर उत्तीर्ण युवाले दरखास्त दिन पाउनेछन्। केन्द्रले आवेदकरूमध्येको प्राथमिकताक्रम, विद्यालयको आवश्यकता तथा आवेदकको स्थायी ठेगाना आदिका आधारमा स्वयंसेवकको सूची स्थानीय तह र सम्बन्धित विद्यालयलाई उपलब्ध गराउनेछ। पढाउनुपर्ने स्थानीय तहको सूची पनि केन्द्रले सार्वजनिक गरेको छ।

स्वयंसेवक युवाले सातामा कम्तीमा २४ पिरियड पढाउनुपर्नेछ भने मासिक पारिश्रमिक स्नातक तह उत्तीर्णले २४ हजारदेखि ३० हजार रुपैयाँसम्म र स्नातकोत्तर उत्तीर्णले २६ हजारदेखि ३२ हजार रुपैयाँसम्म पाउनेछन्। 

उनीहरूले मासिक एक दिन भैपरी आउने बिदा वा पर्व बिदा पाउने कार्यविधिमा उल्लेख छ ।

स्नातकले कक्षा ६ देखि ८ सम्म र स्नातकोत्तरले ९–१२ सम्म पढाउनुपर्नेछ। औपचारिक परीक्षा तथा निरन्तर विद्यार्थी मूल्यांकन प्रणालीलाई प्रयोग गरी अध्यापन गर्नुपर्नेछ।

अब गणित, अंग्रेजी र विज्ञानमा स्वयंसेवक शिक्षक

गणित, विज्ञान, अंग्रेजीलगायत अन्य प्राविधिक विषयका कारण एसईई नतिजामा अपेक्षाकृत उपलब्धि हासिल गर्न नसकेपछि सरकारले स्वयंसेवक खटाउन लागेको हो।


यी हुन् स्वयंसेवक खटाउन सकिने स्थानीय तह

प्रकाशित: Feb 28, 2020| 12:32 शुक्रबार, फागुन १६, २०७६
प्रतिक्रिया दिनुहोस्