बुधबार, कात्तिक १९, २०८२

सिरियाली सेनाको हवाई हमलामा टर्कीका ३३ सैनिकको मृत्यु

सिरियाली सेनाको हवाई हमलामा टर्कीका कम्तीमा ३३ सैनिक मारिएका छन्।
 |  शुक्रबार, फागुन १६, २०७६

बीबीसी

बीबीसी

शुक्रबार, फागुन १६, २०७६

इदलिब- सिरियाली सेनाको हवाई हमलामा टर्कीका कम्तीमा ३३ सैनिक मारिएका छन्। टर्कीका अधिकारीका अनुसार उत्तर–पश्चिमी सिरियामा बिहीबार साँझ हमला भएको हो।

Kumaribank

टर्कीको हातय प्रान्तका गभर्नर रहमी डोगनले हमलामा केही मानिस घाइते भएको बताएका छन्।

टर्कीका राष्ट्रपति रेसेप तैंय्यप इर्दाेगानले केही समयअघि उच्चस्तरीय सुरक्षा बैठक बोलाएका थिए। त्यसयता टर्कीले सिरियामा जवाफी हमला गरिरहेको छ।

इदलिब अहिले विद्रोहीको कब्जामा छ। रुसको समर्थन पाइरहेको सिरियाली सेना विद्रोहीको कब्जाबाट इदलिब छुटाउन चाहान्छ। विद्रोहीलाई भने टर्की सेनाको समर्थन रहेको बताइएको छ।

राष्ट्रपति अर्दाेआन सिरियाली सरकारले आफ्नो सेनालाई टर्कीको निगरानीका लागि बनाएको ठाउँबाट फिर्ता बोलाओस् भन्ने चाहनामा छन्। उनले यसअघि सिरियाली सेना अगाडि बढे आफूले उचित कदम उठाउने चेतावनी दिएका थिए।

Metro Mart

सिरिया सरकार र रुसले सन् २०१८ मा युदविराम गर्न तथा सिजफायर लाइनभन्दा पछि हट्न मानेको थिएन। विद्रोहीको सहयोगमा टर्कीले सम्झौता उल्लंघन गरेको रुसको आरोप छ।

ब्रिटेनस्थिन सिरियन अब्जरवेटरी फर ह्युमन राइट्सले भने हमलामा करिब ३४ टर्की सैनिक मारिएको दाबी गरेको छ।   

प्रकाशित: Feb 28, 2020| 10:09 शुक्रबार, फागुन १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।