बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पुस्तक व्यापारमा कर लगाइएको हो, ज्ञानमा हैन : अर्थमन्त्री

पुस्तक व्यापारमा कर लगाइएको हो, ज्ञानमा हैन : अर्थमन्त्री

 |  बिहीबार, फागुन १५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १५, २०७६

काठमाडाै‌- अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले पुस्तक व्यापारमा कर लगाएको तर ज्ञानमा कर नलगाएको बताएका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता मन्त्री खतिवडाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘छापाखाना उद्योगमा कर लाग्छ, कागजमा कर लाग्छ। मेसिनमा कर लाग्छ भने पुस्तक पनि व्यापार हो, व्यापारमा कर लगाउनु स्वाभाविकै हो।’

उनले विदेशबाट आयात गरिएका पुस्तकसँग स्वदेशमा प्रकाशित पुस्तकले प्रतिस्पर्धा गर्न कठिन भएकाले कर लगाइएको बताए।

पुस्तकमा अन्य मुलुकमा पनि कर लाग्ने गरेकाे उदाहरण प्रस्तुत गर्दै मन्त्री खतिवडाले भने, ‘पुस्तक व्यापारमाथि कर लगाइएको हो। ज्ञानमा होइन। ज्ञान त आदानप्रदान गर्ने विषय हो।’

उनले ज्ञानमा कर लगाइएको भनेर भ्रममा नपर्न पनि आग्रह गरे।

मन्त्री खतिवडाका अनुसार छापाखानामा मुलुकमा अर्बौं रुपैयाँमा लगानी भइरहेको छ। उनले भने, ‘प्रेस सञ्चालकले बैंकबाट ऋण लिएर उद्योग चलाइरहेका छन्। यस्ता उद्योगलाई संरक्षण गर्नु राज्यको दायित्व हो।’

 

प्रकाशित: Feb 27, 2020| 15:42 बिहीबार, फागुन १५, २०७६
प्रतिक्रिया दिनुहोस्