बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्र बैंकको गभर्नर नियुक्ति चैत ५ भित्रैः अर्थमन्त्री खतिवडा

राष्ट्र बैंकको गभर्नर नियुक्ति चैत ५ भित्रैः अर्थमन्त्री खतिवडा

अर्थमन्त्री, सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर चैत ५ गतेभित्रै नियुक्त हुने बताएका छन्।
 |  बिहीबार, फागुन १५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १५, २०७६

अर्थमन्त्री, सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर चैत ५ गतेभित्रै नियुक्त हुने बताएका छन्।

मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरुको बारेमा जानकारी दिन सञ्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले यस्तो जानकारी दिएका हुन्।

हालका गभर्नर डा. चिरञ्जीवी नेपालको पदावधि सकिन लागेको सन्दर्भमा गभर्नर नियुक्ति कहिले हुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा अर्थमन्त्रीसमेत रहेका खतिवडाले नेपालको कार्यकाल सकिनुअघि नै नयाँ गभर्नर नियुक्त हुने स्पष्ट पारे।

राष्ट्र बैंकको गभर्नर अर्थमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्ले नियुक्ति गर्नुपर्छ ।

प्रकाशित: Feb 27, 2020| 15:39 बिहीबार, फागुन १५, २०७६
प्रतिक्रिया दिनुहोस्