बिहीबार, भदौ ४, २०८३

'फ्लक्चुएट' हुँदै शेयर बजार, ३६ अंकले बढ्यो

अर्थमन्त्री डा.युवराज खतिवडा वा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने विवादका बीच शेयर बजार ३६ अंकले बढेको छ।
 |  बिहीबार, फागुन १५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १५, २०७६

काठमाडौं- अर्थमन्त्री डा.युवराज खतिवडा वा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने विवादका बीच शेयर बजार ३६ अंकले बढेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई नै निरन्तरता दिने समाचार आइरहँदा सुरुमा शेयर कारोबार घटेको थियो। बजार सुरु हुँदा घटेको शेयर कारोबार अन्तिममा ३६ दशमलव ०५ अंकले बढेको छ भने सेन्सेटिभ पनि ११ दशमलव ६३ अंकले बढेको छ।

साताको अन्तिम दिन बिहीबार ४ अर्ब ४६ करोडको कारोबार भएको छ। पछिल्लो समय अर्थमन्त्री खतिवडा बाहिरिने समाचारले सेयर बजारमा उछाल आएको हो।

प्रकाशित: Feb 27, 2020| 15:10 बिहीबार, फागुन १५, २०७६
प्रतिक्रिया दिनुहोस्