बिहीबार, भदौ ४, २०८३

नेप्से परिसूचक १६ सय नजिक

दिनभर भएका ३२ हजार १ सय ५४ कारोबारबाट ९९ लाख ६ हजार ९ सय ८९ कित्ता सेयर किनबेच भएका छन्।
 |  बुधबार, फागुन १४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १४, २०७६

काठमाडौं– सेयर बजारमा आज हरियाली छाएको छ। सेयर कारोबार मापक नेप्से परिसूचक ५०.९३ अंकले बढेर १५९६.१३ अंकमा पुगेको छ। बुधबार कारोबार रकमसमेत उल्लेख्य भएको छ। ४ अर्बभन्दा बढीको कारोबार भएर नेप्सेमा सेयर कारोबार रकमले रेकर्ड नै ब्रेक गरेको छ।

दिनभर भएका ३२ हजार १ सय ५४ कारोबारबाट ९९ लाख ६ हजार ९ सय ८९ कित्ता सेयर किनबेच भएका छन्। यसअघि गत आइतबार कारोबार रकम, कारोबार संख्या र किनबेचमा नयाँ रेकर्ड बनेको थियो।

आज ४ अर्ब १५ करोड ४८ लाख ८३ हजार ९२ रुपैयाँको कारोबार भएको छ।

प्रकाशित: Feb 26, 2020| 15:59 बुधबार, फागुन १४, २०७६
प्रतिक्रिया दिनुहोस्