काठमाडौं– उद्यमी चन्द्र ढकालले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा उपाध्यक्ष चन्द्र ढकालले उम्मेदवारी दिने घोषणा गरेका हुन्।
महासंघको साधारणसभा आगामी चैत २८ र २९ मा हुनेछ। साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ। वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधान छ।
उम्मेदवारी घोषणा समारोहमा पूर्वअध्यक्षहरु सुरज बैद्य, चण्डिराज ढकाल र महासंघका सातमध्ये ५ वटा प्रदेशका अध्यक्ष सहभागी थिए।