नेपालकै पहिलो रियालिटी शो नेपाल स्टार’ को बैकिङ पार्टनर सिद्धार्थ बैंक बनेको छ । ‘हामी नेपाली हाम्रो आवाज’ नाराका साथ निकट समयमा नै राष्ट्रिय च्यानल नेपाल टेलिभिजनबाट शुरु हुन गइरहेको सांगीतिक प्रतियोगिता नेपाल स्टारको बैकिङ पार्टनरको रुपमा नेपालको प्रतिष्ठित बैंक सिद्धार्थ बैंक बनेको हो
राजधानीमा एक समारोहका बीच नेपाल स्टार आयोजक कि एडभरटाइजिङ र बैकिङ पार्टनर सिद्धार्थ बैंकबीच साझेदारीपत्रमा हस्ताक्षर भएको छ
सहमतिपत्रमा हस्ताक्षर गर्दै कार्यक्रम अयोजक कि एडभरटाइजिङका प्रबन्ध निर्देशक रविन्द्र कुमार रिजालले पछिल्लो समयमा नेपालमा फ्रेन्चचाइज शो चर्चामा रहेकोमा नेपाल टेलिभिजले आफ्नै उत्पादनमा सातै प्रदेशलाई समेटेर नेपालकै पहिलो रियालिटी शो नेपाल स्टार ल्याउन सफल भएको बताए ।
नेपाल स्टार नेपालको सातै प्रदेश र काठमाडौंमा समेत गरी ८ स्थानमा अडिसन भएको र अब छिट्टै एनटिभीबाट प्रसारण हुने समेत उनले बताए ।