बिहीबार, भदौ ४, २०८३

काठमाडौं आसपासमा असिनापानी

 |  मंगलबार, फागुन १३, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १३, २०७६

काठमाडौं– राजधानीलगायत आसपासका क्षेत्रमा मंगलबार अपराह्न असिनापानी परेको छ। पानी परेपछि ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रे लगायतका जिल्लामा बढी चिसो महसुस गरिएको छ।

यस्तै असिनापानीले खेतमा लगाइएको गहुँ र तरकारी बालीमा क्षति पुगेको छ।

प्रिमनसुन गतिविधि सुरु भएकाले देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् बरुण पौडेलले बताएका छन्। नेपालगन्ज, सुर्खेत, दाङ, चितवनलगायतका क्षेत्रमा भने सोमबारदेखि नै पानी परेको छ।

पश्चिमी वायुसँगै पूर्वमा बनेको न्यून चापीय प्रणालीको असरले मध्य र पूर्वको धेरै तथा पश्चिमको पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगको थोरै ठाउँमा हल्का हिमपात हुने सम्भावना छ।

याे पनि :

मौसमविद् भन्छन्- अब दिनहुँजसो चट्याङसहित वर्षा

 

प्रकाशित: Feb 25, 2020| 17:25 मंगलबार, फागुन १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।