सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चन्द्रागिरीमा हिउँ पर्न थाल्यो, साँझसम्ममा बाक्लै पर्नसक्ने

चन्द्रागिरीमा हिउँ पर्न थाल्यो, साँझसम्ममा बाक्लै पर्नसक्ने

 |  शुक्रबार, मंसिर २७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २७, २०७६

काठमाडौं– तीन दिनदेखिको मौसम बदलीका कारण काठमाडौं उपत्यका वरपरका अग्ला डाँडामा हिउँ पर्न थालेको छ ।

काठमाडौंको पश्चिम डाँडो चन्द्रागिरीमा आज दिउँसोदेखि हिउँ पर्न थालेको चन्द्रागिरी हिल्स केबलकारका कर्मचारीले बताएका छन्।

हिउँ पर्न थालेसँगै मानिसकाे चाप बढेकाे छ। चन्द्रागिरीमा साँझसम्ममा बाक्लै हिउँ पर्ने अनुमान गरिएको छ ।डाँडाहरुमा हिउँ पर्न थालेसँगै काठमाडौं उपत्यकामा पनि चिसो बढेको महशुस भएको छ।

शुक्रबार बिहानदेखि नै काठमाडौं उपत्यकासहित पूर्वी भागमा पनि आकाश बादलले भरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले काठमाडौंमा शुक्रबार साँझ पानी पर्न सक्ने जनाएको छ। दिउँसोदेखि नै सिमसिम पानी भने परिरहेको छ ।

शनिबारदेखि भने मौसममा सुधार हुँदै जाने बताइएको छ।

तस्बिर : चन्द्रागिरी हिल्स केबलकार

प्रकाशित: Dec 13, 2019| 06:49 शुक्रबार, मंसिर २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।