बिहीबार, भदौ ४, २०८३

वाइ वाइ नेपाल स्टार छिटै नेपाल टेलिभिजनमा

 |  मंगलबार, फागुन १३, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १३, २०७६

नेपाल टेलिभिजनका लागि ‘कि इन्टरटेन्टमेन्ट एण्ड रिसर्च प्रा.लि ले उत्पादन गर्न लागेको नयाँ गायन रियालिटी शो ‘नेपाल स्टार’लाई वाइवाइले प्रायोजन गर्ने भएको छ । जसका लागि आइतबार ‘कि इन्टरटेन्टमेन्ट एण्ड रिसर्च प्रा.लि का प्रमुख रविन्द्र कुमार रिजाल र वाइवाइको तर्फबाट चौधरी ग्रुपमा मेनेजर निर्वाण चौधरीबीच सम्झौता भएको छ ।

सम्झौता पश्चात बोल्दै निर्वाण चौधरीले स्वदेशमा नै उत्पादन हुने रियालिटी शोमा स्पोन्सर गर्न पाउँदा खुसी लागेको बताए । वाइवाइले विश्वास गरेर धेरै कामहरुमा सहयोग गर्दै आएको जानकारी गराउँदै कि इन्टरटेन्टमेन्टका प्रमुख रवीन्द्रकुमार रिजालले सिजी कम्पनीलाई धन्यवाद व्यक्त गरे ।

रियालिटी शोमा निर्णायकको रुपमा रामकृष्ण ढकाल, आलोक श्री, र अन्जु पन्त छन् । नेपाल स्टारको पहिलो चरणको अडिसन सकिएको छ । सातवटै प्रदेश र काठमाडौं गरेर ८ वटा शहरमा अडिसन लिइएको थियो ।

यस रियालिटी शोमा ५० लाख पुरस्कार राखिएको नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले जनाकारी गराए । ‘हामीले उत्कृष्ट ४ मा परेका सबैलाई पुरस्कार दिनेछौं । उत्कृष्ट चार जनाले नै जनही ५ लाख पुरस्कार पाउनु हुनेछ र, टाइटल विजेताले थप ३० लाख पुरस्कार जित्नुहुनेछ,’ अध्यक्ष विष्टको भनाई थियो ।

प्रकाशित: Feb 25, 2020| 16:33 मंगलबार, फागुन १३, २०७६
प्रतिक्रिया दिनुहोस्