बिहीबार, भदौ ४, २०८३

हुण्डाईको नयाँ इलेक्ट्रिक कार नेपाली बजारमा

हुण्डाई आयोेनिकको यो नवीनतम भर्जन अझ उत्कृष्ट पावर र विशेषताका साथ आएको छ । यो नयाँ इलेक्ट्रिक प्रिमियम सेडानले इलेक्ट्रिक गाडीको जगतमै नयाँ आयाम रच्ने कम्पनीको दाबी छ ।
 |  मंगलबार, फागुन १३, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १३, २०७६

दक्षिण काेरियाली कम्पनी हुण्डाईको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो नयाँ इलेक्ट्रिक कार आयोेनिक नेपाली बजारमा 'लन्च' गरेको छ ।

हुण्डाई आयोेनिकको यो नवीनतम भर्जन अझ उत्कृष्ट पावर र विशेषताका साथ आएको छ । यो नयाँ इलेक्ट्रिक प्रिमियम सेडानले इलेक्ट्रिक गाडीको जगतमै नयाँ इतिहास रच्ने कम्पनीको दाबी छ ।

आयोेनिकमा ३८.३ किलोवाट इलेक्ट्रिक मोटरको साथ सय किलोवाटको ब्याट्री पावर छ । यसको अधिकतम स्पीड १६५ किलोमिटर प्रतिघण्टा रहेको छ । यसको ड्राइभिङ रेन्ज ३११ किमि छ । यो पूर्ण इलेक्ट्रिक मोबिलिटीले पार्टहरु हल्लिन कम गर्ने भएकोले गाडी कुनै आवाज बिना आरामले गुड्ने कम्पनीको भनाइ छ ।

नयाँ आयोेनिकमा प्याडल सिफ्ट गर्न मिल्ने सुविधा छ, जसले रिजेनेरेटिभ ब्रेकिङमा चार लेबलको नियन्त्र प्रदान गर्छ । यसले चालकलाई सिस्टमको डिफल्ट इको ड्राइभिङको र तीव्र प्रदर्शनको लागि फुल पावर प्रदान गर्छ । यसमा एलइडी डिआरएल र हेडल्याम्प्स, स्मार्ट इलेक्ट्रिक सनरुफ र नयाँ आइकोनिक ग्रीललगायत विशेषता छन् । गाडीको मूल्यबारे भने कम्पनीले केही बताएको छैन।

प्रकाशित: Feb 25, 2020| 16:17 मंगलबार, फागुन १३, २०७६
प्रतिक्रिया दिनुहोस्