बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अर्थतन्त्र सकारात्मक दिशामा ? आयात घट्यो, निर्यात बढ्यो

अर्थतन्त्र सकारात्मक दिशामा ? आयात घट्यो, निर्यात बढ्यो

आयात ३.५६ प्रतिशतले घटेर ८ खर्ब ३ अर्बमा झरेको छ भने निर्यात २२.४१ प्रतिशतले बढेर ६४ अर्ब रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा आयात ८ खर्ब ३३ अर्ब र निर्यात ५३ अर्ब रुपैयाँ थियो ।
 |  मंगलबार, फागुन १३, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १३, २०७६

काठमाडौं– चालू आर्थिक वर्षको पहिलो सात महिनामा व्यापारघाटा ५.३३ प्रतिशतले घटेर ७ खर्ब ३८ अर्ब रुपैयाँमा झरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा व्यापारघाटा ७ खर्ब ८० अर्ब रुपैयाँ थियो ।

भन्सार विभागका अनुसार यस अवधिमा आयात ३.५६ प्रतिशतले घटेर ८ खर्ब ३ अर्बमा झरेको छ भने निर्यात २२.४१ प्रतिशतले बढेर ६४ अर्ब रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा आयात ८ खर्ब ३३ अर्ब र निर्यात ५३ अर्ब रुपैयाँ थियो ।

व्यापारघाटा घट्नु, आयात घट्नु र निर्यात बढ्नु देशको अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख रहेको सूचक भएको विज्ञहरु बताउँछन्। चालू आर्थिक वर्षको पहिलो सात महिनामा राजस्व भने २ खर्ब ४ अर्ब रुपैयाँ संकलन भएको छ।

त्यस्तै नेपालको भारतसँगको व्यापारघाटा ४ खर्ब ५१ अर्ब रुपैयाँ रहेको छ। भारतबाट नेपालले ४ खर्ब ९६ अर्ब रुपैयाँबराबरको आयात गरेको छ भने निर्यात ४५ अर्ब रुपैयाँबराबरको मात्र भएको छ।

त्यस्तै, चीनसँग पनि एक खर्ब ३१ अर्ब रुपैयाँको व्यापारघाटा छ । चीनबाट नेपालमा एक खर्ब ३२ अर्ब बराबरको आयात भएको छ भने एक अर्ब रुपैयाँ बराबरको मात्र निर्यात भएको भन्सार विभागले जनाएको छ।

प्रकाशित: Feb 25, 2020| 14:55 मंगलबार, फागुन १३, २०७६
प्रतिक्रिया दिनुहोस्