काठमाडौं– नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ। हिजो ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज भने ३ सय घटेर ८० हजारमा कारोबार भइरहेको छ ।
८० नाघेसँगै सुनको मूल्यमा नयाँ रेकर्ड बनेको थियो। केही दिनयता लगातार सुनको मूल्य उकालो लागेको छ। सुनको मूल्य ह्वात्तै बढेसँगै कारोबारमा भने सुस्तता आएको छ।