मंगलबार, जेठ ५, २०८३

प्रश्नपत्र बाहिरिएपछि एमडी र एमएसको परीक्षा रद्ध

प्रश्नपत्र बाहिरिएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर तहको (एमडी र एमएस) को परीक्षा रद्ध भएको छ।
 |  आइतबार, फागुन ११, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ११, २०७६

पोखरा- प्रश्नपत्र बाहिरिएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर तहको (एमडी र एमएस) को परीक्षा रद्ध भएको छ।

National life

परीक्षा समितिले आइतबार प्रेस विज्ञप्ति निकाल्दै परीक्षा रद्द भएको जानकारी दिएको हो। शनिबार २ बजे हुने भनिएको प्रवेश परीक्षामा परीक्षाको समय अगावै प्रश्नपत्र बाहिरिएको भन्दै  ५ सय विद्यार्थीले परीक्षा बहिष्कार गरेका थिए।

शनिबार भएको परीक्षाको प्रश्नपत्र ढिलो बाँडेको र प्रश्नपत्र भने परीक्षाको समयभन्दा पहिल्यै अन्य विद्यार्थीको हातमा परेको भन्दै विद्यार्थीहरुले परीक्षा बहिष्कार गरेका थिए।

शनिबार राति अबेरसम्म परीक्षा समितिको बैठक बसेको थियो। बहिष्कार गरेका डाक्टरहरूले पुनः परीक्षा गर्न माग गरेका थिए।

करिब एक हजार विद्यार्थीहरुले परीक्षा दिएपनि रद्ध गरिएको हो। शनिबार प्रतिष्ठानले परीक्षार्थीलाई २ बजे परीक्षा केन्द्र बोलाए पनि निर्धारित समयमा परीक्षा सुरु भएको थिएन। एक घण्टा ढिलो गरी भएको परीक्षामा अनियमितता भएको भन्दै विद्यार्थीहरुले बहिष्कार गरेका हुन्।

प्रतिष्ठानले अब लिइने परीक्षाको मिति, स्थान पछि प्रकाशन गर्ने गरी सूचना निकालेको छ।

प्रकाशित: Feb 23, 2020| 16:49 आइतबार, फागुन ११, २०७६
प्रतिक्रिया दिनुहोस्