बिहीबार, भदौ ४, २०८३

१६ लाख परिवारको निःशुल्क स्वास्थ बीमा हुने

अर्थमन्त्री खतिवडाका अनुसार यो कार्यक्रमले एकैपटकमा ७० देखि ७५ लाख नेपाली स्वास्थ बीमाको दायरामा आउनेछन्, जसले गर्दा उनीहरुको स्वास्थ्यमा सहज रुपले पहुँच पुग्नेछ ।
 |  आइतबार, फागुन ११, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ११, २०७६

काठमाडौं– चरम गरिबीको रेखामुनी रहेका परिवारको स्वास्थ बीमा सरकारले गरिदिने भएको छ । आइतबार राष्ट्रिय बीमा संस्थानको ५३ औं वार्षिकोत्सवका अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडाले चरम गरिबीको रेखामुनी रहेका १६ लाख घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा सरकारले गरिदिने भएको बताएका हुन् ।

विश्व बैंकका अनुसार नेपालमा १८ प्रतिशत जनता चरम गरिबीको रेखामुनी रहेका छन्। उनले भने, ‘चरम गरिबीको रेखामुनी रहेका नेपालीको एक लाखसम्मको बीमा शुल्क सरकारले तिरिदिन्छ । एक लाख रुपैयाँको वार्षिक प्रिमियम ३५ सय रुपैयाँ पर्छ । सरकारले साढे १६ लाख गरिब परिवारको ५ अर्ब ७७ करोड रुपैयाँको प्रिमियम भुक्तानी गरिदिनेछ।’

अर्थमन्त्री खतिवडाका अनुसार यो कार्यक्रमले एकैपटकमा ७० देखि ७५ लाख नेपाली स्वास्थ बीमाको दायरामा आउनेछन्, जसले गर्दा उनीहरुको स्वास्थ्यमा सहज रुपले पहुँच पुग्नेछ ।

स्वास्थ बीमा बोर्डले देशभरका ४७ वटा जिल्लामा स्वास्थ बीमा कार्यक्रम गरिरहेको छ ।

प्रकाशित: Feb 23, 2020| 12:19 आइतबार, फागुन ११, २०७६
प्रतिक्रिया दिनुहोस्