बिहीबार, भदौ ४, २०८३

ट्रमा कर्नर स्थापना गर्दै प्रदेश सरकार

सुदूरपश्चिम प्रदेश सरकारले जिल्लाको जोरायल गाउँपालिका–२ बुडरमा ट्रमा कर्नर स्थापना गर्न थालेको छ।
 |  शनिबार, फागुन १०, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १०, २०७६

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले जिल्लाको जोरायल गाउँपालिका–२ बुडरमा ट्रमा कर्नर स्थापना गर्न थालेको छ।

दुर्घटनामा परेका व्यक्तिलाई तत्काल प्राथमिक उपचार गरी थप उपचारका लागि ठूला अस्पतालमा पठाउन सक्ने गरी प्राथमिक उपचार केन्द्रको रुपमा प्रदेश सरकारले बुडरस्थित छतिवन स्वास्थ्य चौकीमा ट्रमा कर्नर स्थापना गर्न लागिएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ।

ट्रमा कर्नर स्थापनाका लागि रु एक लाख ७० हजार बजेट विनियोजन गरिएको छ।

दुर्घटनामा परेका व्यक्तिलाई तत्काल प्राथमिक उपचार गरी थप उपचारका लागि ठूला अस्पतालमा पठाउने गरी सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने एक मात्र प्रमुख भिमदत्त राजमार्गमा पर्ने उक्त स्वास्थ्य चौकीमा ट्रमा कर्नर स्थापन गर्न लागिएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालयका डा भुषण मिश्रले बताए।

उनले भने, ‘राजमार्ग नजिक रहेका स्वास्थ्य चौकीमा ट्रमा कर्नर खोल्ने सरकारको नीतिअनुसार हामीले पनि बुडरमा ट्रमा कर्नर खोल्ने तयारी गरेका छौँ, दुर्घटनामा परेकालाई राहत हुनेछ।’ बुडरमा ट्रमा कर्नर स्थापना हुने भएपछि भिमदत्त राजमार्गमा हुने सवारी दुर्घटनाका घाइतेलाई निकै राहत हुने जोरायल गाउँपालिका–२ बुडरका स्थानीय गणेशबहादुर मल्लले बताए।

उनले भने, ‘यो राजमार्गका विभिन्न ठाउँमा जहिलेनी ठूल्ठूला सवारी दुर्घटना हुने गर्दछन्, समयमै उपचार नपाउँदा कतिपयको ज्यान नै जाने गरेको छ, ट्रमा कर्नर स्थापना भएपछि घाइतेलाइ राहत हुने छ।’ बुडरमा ट्रमा कर्नर स्थापना हुने भएपछि त्यहाँका स्थानीयवासी निकै खुुशी भएको स्थानीय शिक्षक चन्द्रबहादुर भण्डारीले बताए।

सुदूरपश्चिम प्रदेश सरकारले डोटीको बुडरस्थित छतिवन स्वास्थ्यचौकी यहाँका अन्य पहाडी जिल्ला बैतडीको सिद्धेश्वर स्वास्थ्य चौकी, बझाङको देउलेख प्राथमिक स्वास्थ्य केन्द्र र बाजुराको बह्मतोला स्वास्थ्य चौकीमा पनि सरकारले ट्रमा कर्नर स्थापना गर्ने निर्णय गरेको छ।

प्रकाशित: Feb 22, 2020| 19:40 शनिबार, फागुन १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।