बिहीबार, भदौ ४, २०८३

सुनको मूल्यमा नयाँ रेकर्ड, अझै बढ्नसक्ने

 |  शुक्रबार, फागुन ९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ९, २०७६

काठमाडौं– सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । शुक्रबार (आज) बजारमा सुन प्रतितोला ७८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजोको तुलनामा आज ५०० रुपैयाँले बढेको हो। हिजो ७७ हजार ६०० मा कारोबार भएको थियो। एक हप्तामै मात्र सुनको मूल्य प्रतितोला १६०० रुपैयाँले बढेको छ ।

चीनमा फैलिएको कोरोनाका कारण विश्व अर्थतन्त्रमा नै असर परेकाले लगानीकर्ता सुनमा आकर्षित हुँदा सुनको मूल्य अकाशिएको हो । विश्वभर एकमात्र सुरक्षित लगानीको रुपमा सुनलाई लिने गरिन्छ । नेपालमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारले नै निर्धारण गर्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनको मूल्य प्रतिऔंश १६२९ डलर रहेको छ।

कोरोनाको कहर अझै कम नभएकाले मूल्य अझै बढ्न सक्ने विश्लेषण व्यवसायीले गरेका छन्।

प्रकाशित: Feb 21, 2020| 12:12 शुक्रबार, फागुन ९, २०७६
प्रतिक्रिया दिनुहोस्