बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ओपो रेनोटू एफः सिर्जनशिल युवा पुस्ताका लागि उत्कृष्ट फोन

ओपो रेनोटू एफः सिर्जनशिल युवा पुस्ताका लागि उत्कृष्ट फोन

ओपो रेनोटू एफले उत्कृष्ट तस्विर खिच्न सघाउनुका साथै समान भिडियो क्षमतापनि प्रदर्शित गर्छ । यसमा रहेका वाइड एंगल लेन्स र सोलुप भिडियो एडिटरका कारण रेनोटू एफको भिडियो खिच्ने क्षमतापनि उत्तिकै सटिक छ ।
 |  शुक्रबार, फागुन ९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ९, २०७६

काठमाडौं । ओपोले केही समय अघि विशेषगरी सिर्जनशिल युवा पुस्ता लक्षित गर्दै नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । रेनोटू एफ, ओपोको लोकप्रिय रेनो सिरिज अन्तर्गत भित्र्याइएको संस्करण हो । प्रयोगकर्ताको रचनात्मकतालाई थप प्रोत्साहन गर्ने उद्देश्यका साथ कम्पनीले यसमा फोटोग्राफीमा सुधार ल्याउने प्रशस्त फिचर्स उपलब्ध गराएको छ । फोन अहिले नेपाली बजारमा यसले उपलब्ध गराएका विभिन्न सुविधाका कारण निकै लोकप्रिय छ ।

ओपो रेनोटू एफमा रहेको अत्याधुनिक क्यामेरा प्रविधिले बृहत ल्याण्डस्केपदेखि संकुचित गल्ली तथा पर्याप्त सौर्य प्रकाश रहेका स्थान तथा औँशीको अँध्यारो रात, हरेक वातावरण तथा परिस्थितीमा उत्कृष्ट प्रदर्शनी दिने क्षमता राख्छ । यसमा कम्पनीले क्वाड (चारओटा) क्यामेरा सेटअपको व्यवस्था गरेको छ । फोनमा उपलब्ध चार क्यामेरामा ४८एमपी अल्ट्रा क्लियर मेन लेन्स, ८एमपी वाइड एंगल लेन्स, एउटा मोनो लेन्स र २एमपी पोट्रेट लेन्स रहेका छन् । यस फोनमा उपलब्ध गरिएको ४८एमपी क्षमताको प्रमुख लेन्स पछिल्ला पुस्ताका लेन्सको तुलनामा ठूलो मात्र नभइ अझ बढी रेजोल्यूशन दिने क्षमता राख्छ । यसमा रहेका एफ१.७९ एपर्चर र १÷२.२५ ईञ्च सेन्सरको सहायताबाट यसो हुनु सम्भव भएको हो ।
ओपो रेनोटू एफले उत्कृष्ट तस्विर खिच्न सघाउनुका साथै समान भिडियो क्षमतापनि प्रदर्शित गर्छ । यसमा रहेका वाइड एंगल लेन्स र सोलुप भिडियो एडिटरका कारण रेनोटू एफको भिडियो खिच्ने क्षमतापनि उत्तिकै सटिक छ ।

रेनोटू एफमा कम्पनीले पप्(अप् क्यामेरालाई ह्याण्डसेटको मध्य भागमा जडान गरेको छ । यसले गर्दा फोनबाट खिचिने सेल्फी प्राकृतिक देखिन्छ । साथै, यसमा उपलब्ध गरिएको रंगिन आरजीबी एट्मसफेर लाइटले सेल्फीमा विभिन्न मुड प्रदान गर्न सघाएको छ ।

ओपोेले ब्याट्रीको महत्वका बारेमापनि रेनोटू एफमा उत्तिकै ध्यान दिएको देखिन्छ । कम्पनीले फोनमा ४ हजार एमएएच (टीवाईपी) ब्याट्री जडान गरेको छ । यो ब्याट्रीलाई मोबाइल गेम खेल्दै गर्दाको बखतमा समेत मज्जाले चार्ज गर्न सकिन्छ । फोनमा स्मार्ट एआई रेफ्रिजिरेटरको ब्यवस्थापनि रहेको छ । यसले चलायामन नरहेको अवस्थामा स्वचालितरुपमा एपलाई फ्रिज गरी ब्याट्री बचतमा सघाव पुर्याउँछ ।

कम्पनीले नयाँ फोनमा भोक फ्ल्याश चार्ज ३.० प्रविधि उपलब्ध गराएको छ । भीएफसी फास्ट चार्जिङ अल्गोरिथमले प्रत्यक्षरुपमा ट्रिक्लिङ चार्जिङको गति बढाएर मात्र ३० मिनेटको समयमा ५१% चार्ज गर्ने क्षमता राख्छ ।

रेनोटू एफमा ओपोले पछिल्लो संस्करणका तुलनमा अझ तिब्र हिडन फिंगरप्रिन्ट अनलक ३.० उपलब्ध गराएको छ । अनलक एरियाको प्रकास यस पटक पछिल्ला संस्करणका तुलनमा अझ चहकिला र स्क्रिन अन रहेको समयमा यसको अनलकिङ गति ११% सम्म तिब्र छ । यसका लागि कम्पनीले अप्टिकल फिंगरप्रिन्ट लेन्सका लागि थप उपयुक्त चहकिलो स्क्यानिङको प्रयोग गरेको छ ।

मूल्य रु. ४३ हजार ९ सय ९० निर्धारण गरिएको ओपो रेनोटू एफ ईच्छुक उपभोक्ताले लेक ग्रिन वा स्काई ह्वाइट गरी दूई भिन्न रंग मध्य छनोट गर्ने विकल्पपनि उपलब्ध गरिएको छ ।

प्रकाशित: Feb 21, 2020| 11:53 शुक्रबार, फागुन ९, २०७६
प्रतिक्रिया दिनुहोस्