शनिबार, असोज १७, २०८३

मंसिर ९ भित्र जनगणना सक्ने गरी कार्यतालिका स्वीकृत

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केन्द्रीय तथ्यांक विभागले तयार पारी पेस गरेको जनगणना तालिका स्वीकृत गरेको हो।
 |  सोमबार, भदौ २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २१, २०७८

काठमाडौं- सरकारले मंसिर ९ भित्र जनगणना सक्ने गरी कार्यतालिका स्वीकृत गरेको छ। कोरोनाका कारण स्थगित १२औं राष्ट्रिय जनगणना रोकिएपछि यसलाई संशोधन गर्दै मंसिर ९ गते गनगणनाका काम सक्ने गरी कार्यतालिका स्वीकृत गरिएको हो।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केन्द्रीय तथ्यांक विभागले तयार पारी पेस गरेको जनगणना तालिका स्वीकृत गरेको हो। कात्तिक २५ गतेदेखि जनगणनाका काम सुरु गरेर मंसिर ९ गतेभित्र जनगणना गरिने कार्यतालिकामा उल्लेख छ।

जनगणनाका लागि यसअघि नै विभागले सुपरिवेक्षक र गणकको आवेदन लिइसकेको छ। यसअघि नै छनौट भएका ८ हजार सुपरीवेक्षक भदौ २७ र २८ गते तालिम दिने योजना विभागले बनाएको छ। तालिमपछि सुपरीवेक्षकलाई घरपरिवार सूचीकरणमा खटाइनेछन्। यसका लागि २० दिनको समय दिइएको छ। 

असोजभित्र ३९ हजार गणक छनोट गरी कात्तिक १३ गतेबाट चारदिने तालिम दिने तयारी विभागको छ। देशभरमा ८७ वटा जनगणना कार्यालय तयार गरिएको विभागले जानकारी दिएको छ। जनगणना कार्यमा खटिने जनशक्तिलाई अग्रिम कोभिडविरुद्ध खोपको व्यवस्था गरिनेछ।

यसअघि जेठ २५ गतेबाट असार ८ गतेभित्र मिति तोकिएको थियो तर वैशाख १६ गतेबाट लकडाउन भएपछि जनगणना स्थगित भएको थियो। लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनगणनाबारे अन्यौल भने कायमै छ।

प्रकाशित: Sep 06, 2021| 19:39 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्