बिहीबार, चैत १२, २०८२

विश्वविद्यालयको नयाँ श्रेणी : त्रिवि १००१ औं नम्बरमा, उत्कृष्ट १० मा अमेरिकाका ७

त्रिभुवन विश्वविद्यालय संसारका विश्वविद्यालयको र्‍याङ्क (श्रेणी) मा १००१ औं नम्बरमा परेको छ।
 |  बुधबार, फागुन ७, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ७, २०७६

लन्डन– त्रिभुवन विश्वविद्यालय संसारका विश्वविद्यालयको र्‍याङ्क (श्रेणी) मा १००१ औं नम्बरमा परेको छ।

National life

९२ मुलुकका १४ सय विश्वविद्यालयमध्ये शिक्षण, अनुसन्धान, ज्ञान स्थानान्तरण, अन्तर्राष्ट्रिय दृष्टिकोण आदिका आधारमा गरिएको मूल्यांकनमा त्रिवि १००१ मा परेको हो।

बेलायतस्थित टाइम्स हाइयर एजुकेसनले सन् २००४ देखि विभिन्न मापदण्डका आधारमा संसारका विश्वविद्यालयको श्रेणी मापन गर्दै आएको छ।

दक्षिण एसियाबाट भारतका ५६ विश्वविद्यालय श्रेणीमा परेका छन्। जवाहरलाल नेहरू, पन्जाब, दिल्ली, बनारस र
जामिया मिलिया इस्लामिया विश्वविद्यालय ६०१–८०० श्रेणीमा छन्। यस्तै इन्डियन इन्स्टिच्युट अफ साइन्स (बेंगलोर), इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (रोपार) उत्कृष्ट ३०१-३५० मा परेका छन्।

पाकिस्तानका १४ विश्वविद्यालय श्रेणीमा परेका छन्। तिनमा कायद ए आजम विश्वविद्यालय ४०१ श्रेणीमा छ। बंगलादेशको ढाका विश्वविद्यालय त्रिविजस्तै १००१ मा छ।

Laxmi sunrise bank
kumari

श्रीलंकाका दुई विश्वविद्यालय पेरादेनिया विश्वविद्यालय ४०१ मा परेको छ भने कोलम्बो विश्वविद्यालय १००१ मा छन्। भुटान, माल्दिभ्स र अफगानिस्तानका कुनै पनि विश्वविद्यालय सूचीमा छैनन्।

उत्कृष्ट १० मा अमेरिकाका ७ र बेलायतका ३ विश्वविद्यालय परेका छन्। विगत चार वर्षदेखि अक्सफोर्ड पहिलो नम्बरमा छ। यसपल्ट क्याम्ब्रिज तेस्रोमा झरेको छ। यस्तै द क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी दोस्रोमा उक्लिएको छ।

स्ट्यान्डफोर्ड, यल, हार्भर्ड र इम्पेरियल कलेज लन्डन उत्कृष्ट दसमा परेका छन्।

चीनका विश्वविद्यालयले विश्वमञ्चमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेका छन्। सिन्हवा र पेकिङ विश्वविद्यालय क्रमशः २३औं र २४औं स्थानमा छन्।

युरोपमा इटालीका विश्वविद्यालय अग्रणी छन्। त्यसपछि जर्मनीका विश्वविद्यालयको श्रेणी माथि चढेको छ। अस्ट्रेलियाका ३५ विश्वविद्यालय श्रेणीमा पर्न सफल भएका छन्। तीमध्ये मेलवर्न विश्वविद्यालय ३२ औं स्थानमा छ।

इरानका श्रेणीमा परेका ४० विश्वविद्यालयमध्ये ११ विश्वविद्यालय सूचीमा माथि छन्।

दक्षिण अमेरिकाबाट ब्राजिलका धेरै विश्वविद्यालय र्यांकमा पर्न सफल भएका छन्।

अर्जेन्टिनाका चारवटा विश्वविद्यालय १००१ भन्दा पछाडि छन् भने पेरुका दुई विश्वविद्यालय श्रेणीमा ६०१ र ८०१ को बीचमा परेका छन्।

अफ्रिकी महादेशबाट दक्षिण अफ्रिकाको केपटाउन विश्वविद्यालय १३६औं श्रेणीमा छ। यस्तै नाइजेरियाका चार विश्वविद्यालय श्रेणीमा परेका छन्।

उत्कृष्ट २०० विश्वविद्यालयमा अमेरिकाका ६० विश्वविद्यालय परेका छन्। यस्तै बेलायतका २८, जर्मनीका २३, अस्ट्रेलियाका ११, नेदरल्यान्ड्सका ११, क्यानडाका, चीन, स्विट्जरल्यान्डका ७–७ विश्वविद्यालय छन् ।

यी हुन् विश्वका १० उत्कृष्ट विश्वविद्यालय

१. अक्सफोर्ड– बेलायत
२. क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी– अमेरिका
३. क्याम्ब्रिज– बेलायत
४. स्ट्यान्फोर्ड– अमेरिका
५. म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी– अमेरिका
६. प्रिन्सटन–अमेरिका
७. हार्भर्ड–अमेरिका
८. यल– अमेरिका
९. सिकागो–अमेरिका
१०. इम्पेरियल कलेज लन्डन–बेलायत

प्रकाशित: Feb 19, 2020| 12:49 बुधबार, फागुन ७, २०७६
प्रतिक्रिया दिनुहोस्