बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरेको आरोपमा सर्वोच्चका अवकाशप्राप्त नासुसहित चार समातिए

सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरेको आरोपमा सर्वोच्चका अवकाशप्राप्त नासुसहित चार समातिए

सरकारी कागजपत्र, छाप र दस्तखत किर्ते गरी सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरेको आरोपमा सर्वोच्च अदालतका अवकाशप्राप्त नायब सुब्बासहित सात जना पक्राउ परेका छन्।
 |  बुधबार, फागुन ७, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ७, २०७६

काठमाडौं– सरकारी कागज पत्र, छाप र दस्तखत किर्ते गरी सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा सर्वोच्च अदालतका अवकाशप्राप्त नायब सुब्बा (नासु) सहित सात जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सर्वाेच्चका अवकाशप्राप्त नासु हस्तबहादुर नेपालीसहित बारा, महागढीमाई नगरपालिका–८ का बोहाव अन्सारी तथा कलैयाका प्रह्लादप्रसाद रेग्मी र कैलाली, गोदावरी नगरपालिकाका चन्द्रबहादुर सिंहलाई समेत प्रहरीले पक्राउ गरेको जनाएको छ।

चारै जनाको मिलेमतोमा सर्वोच्च अदालतको कागज किर्ते गरी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको पाइएको बाराका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए।

आरोपितले अनुसन्धानको प्रक्रियामा रहेको बारा जीतपुर सिमरा–२३ स्थित साविक कित्ता नम्बर ६१ को एक बिगाहा १० कठ्ठा जग्गा काठमाडौं निवासी प्रधुम्नराज पाण्डेको नाममा दर्ता गर्न सर्वोच्च अदालतको अभिलेख शाखाको कागज किर्ते गरेको पंगेनीले जानकारी दिए।

पक्राउ परेकाहरूलाई सरकारी कागज किर्ते मुद्दामा कार्यवाही चलाएको उनले बताए।

बारास्थित वीरगन्ज–पथलैया औद्योगिक करिडोरको मूल सडकसँग जोडिएको करोडौं मूल्य पर्ने उक्त सार्वजनिक जग्गा आफ्नो नाममा दर्ता गराएका पाण्डेले सर्वोच्च अदालतकै कर्मचारीलाई समेत प्रभावमा पारी २० बिगाहा जग्गा आफ्नो नाममा दर्ता गराइसकेको प्रहरीको अनुसन्धानले देखाएको छ।

यस्तै, सरकारी कागज र छाप किर्ते गरी जग्गा बेचबिखन गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

जीतपुर सिमरा–२ स्थित ज्ञानेश्वरी थपलियाको नाममा रहेका जग्गा बेचबिखन गरेको आरोपमा पर्सा, वीरगन्ज महानगरपालिका–१८ का बलराम रौनियार, बहुदरमाई नगरपालिका–२ का सलिम मियाँ र सोही ठाउँमा बस्ने सुनिलकुमार यादव पक्राउ परेको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 19, 2020| 11:03 बुधबार, फागुन ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।