काठमाडौंमा जारी माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिता अन्तर्गत प्रतियोगिताको अन्तिम दिन आज (बुधबार) सेमीफाइनल तथा फाइनल चरणका खेलहरु हुँदैछन् । पहिलो सेमिफाइनलमा भारतिय दूतावास र एनसेल ए तथा दोस्रो सेमिफाईनलमा कामना सेवा विकास बैंक र सिभल बैेंक आमनेसामने हुँदैछन् ।
फागुन ३ गतेदेखि काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा विभिन्न २३ कर्पोरेट टिम समेटेर संचालन भईरहेको माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस सिजन–६ को विजेता घोषणा एवं समापन समारोह पनि बुधबार नै हुनेछ ।